कैलालीमा घाँस काट्न गएकी महिलाको बाघले ज्यान लियो


कैलाली : कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो ।

घाँस काट्न जंगल गएकी ती महिलालाई बाघले आक्रमण गरेको थियो । आक्रमणको स्थानभन्दा केही पर शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

कैलारी गाउँपालिकामा पनि शुक्रबार एक व्यक्तिलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

प्रकाशित : २०७७ फाल्गुन २, आईतवार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ