वीरगञ्ज : लागुऔषध नाइट्राभेट ट्याब्लेटसहित एक युवक सिमराबाट पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ पर्नेमा पर्साको धोविनी गाउँपालिका २ बस्ने ३० वर्षीय अरविन्द कुमार मेहता रहेका छन् ।
लागुऔषध नियन्त्रण व्यूरो वीरगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका २ स्थित सिमरा चोकमा चेकजाँच गर्नेक्रममा मेहतालाई लागुऔषधसहित पक्राउ गरेको हो । ना ४३ प ८१०७ नम्बरको मोटरसाइकलमा सवार मेहताको साथबाट प्रहरीले लागुऔषध नाइट्राभेट ८० पत्तामा रहेको २ हजार ४ सय पिस बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका उनलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।