लहानमा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु


सिरहा : सिरहाको लहान नगरपालिका- १७ एकरतिया टोलमा १३ वर्षीया बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

एकरतिया टोलमा बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीयाअनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको हो । कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ