सिरहाका अग्रज व्यवसायी अग्रवालको निधन


सिरहा : अग्रज व्यसायी राधेश्याम अग्रवालको आज ७३ वर्षको उमेरमा आफ्नै निवास गोलबजार नपा ४ मा निधन भएको छ । लामो समयदेखि व्रेनह्यामरेजबाट पीडित अग्रवालको आज निधन भएको पारीवारीक स्रोतले जनाएको हो ।

खाजा खाने क्रममा सर्केर वेहोस भएका बुबाको फेरी होस नआएको उद्योग बाणिज्य संघ गोलबजारका अध्यक्ष समेत रहेका उनका कान्छा छोरा भरत अग्रवालले जानकारी दिए ।

उनले भने, ‘करिव १४ वर्ष अघि वे्रनह्यामरेजका कारण शारिरीकरुपमा केही कठिनता भएपनि बुवा आफै हिडडुल गर्नुहुन्थ्यो, आज विहानको खाजाखान बसेका बेला एक्कासी बेहोस हुनुभयो । बेहोस भए लगतै घरमै चिकित्सक बोलाएर जचाँउदा मृत्यु भईसकेको रहेछ ।’

गोलबजारको व्यसायीक क्षेत्रमा अव्वल मानिने राधेश्याम अग्रवाल गोलबार उधोग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत हुन् । विभिन्न पेसामा रहेका उनी पछिल्लो पटक सुनचांदी व्यवसायीमा थिए । उनको व्यसायमा अहिले कान्छो छोराहरु सक्रिय छन् ।
उनको गोलबजारको व्यवसायीक विकासमा उच्च योगदान रहेको बताइन्छ ।

अग्रवालको श्रीमती, ३ छोरा र एक जना छोरी रहेको बुझिएको छ ।

प्रकाशित : 17 February 2021 8:48 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ