विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक पक्राउ


दाङ : परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थीलाई कुट्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

दाङकाे देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेकाे माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षक विकलाई पक्राउ गरेर बालबालिका ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले जानकारी दिए ।

विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झण्डै दुई हप्ताअघि शिक्षक विकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित : २०७७ फाल्गुन ५, बुधबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ