निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणाली मात्रै प्रजातन्त्र नभएको उल्लेख गरेका छन् ।उनले भनेका छन् ‘प्रजातन्त्र सामाजिक जीवन पद्दति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहनेछ ।’

प्रजातन्त्र प्राप्तीको ७० वर्ष पुग्दा पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त हुनु परेको उनले टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो, जनताको आस्था, चाहना र जनभावना अन्तत अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न ।’

प्रजातन्त्र नै आधुनिक शासन पद्दतिको सर्वोत्तम विधि व्यवस्था रहेको शाहले बताएका छन् ।

प्रकाशित : २०७७ फाल्गुन ६, बिहीबार २१:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ