सिरहा : सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित एक समारोहबीच नेकपा परित्याग गरी सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
जसपा नेता एवं प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले नेकपा परित्याग गरेका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा महेन्द्र तामाङ, तोप बहादुर कार्की, शैलेन्द्र पुलामी, गिताराज डोटेल, कुसुम वान्तवा लगायतका छन् ।
पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय नेता तथा पूर्व राज्यमंत्री शत्रुधन सिंह र स्थानीय नेताहरु सहभागी थिए ।

