२५ किलो गाँजासहित २ जना पक्राउ


हेटौंडा : मकवानपुर प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा उपमहानगरपालिका ११ बाट राक्सिराङ गाउँपालिका १ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो । थिङ अटो चालक हुन् ।

ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ