राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर लोकतन्त्र संकटमा पारे : पूर्वराष्ट्रपति यादव


जनकपुरधाम : पूर्वराष्ट्रपति डा रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर लोकतन्त्रक संकटमा पारेको बताएका छन् ।

शुक्रवार जनकपुरधाममा डा शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सो धारणा व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव पेशगर्दा राष्ट्रपति भण्डारीले संविधानको पालना र रक्षा गर्नुपर्ने दायित्व विर्सेर पारित गरेको ठहर गरे ।

उनले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गरे । भने, ‘अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।’

पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने सुझाए ।

पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई वेवास्ता गरी चुनावको मिति तोक्नेतर्फ लाग्नुभएको आरोप लगाए ।

प्रकाशित : २०७७ फाल्गुन ७, शुक्रबार २०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ