रौतहटले जित्यो प्रदेश २ मेयर कपको उपाधि


रौतहट : प्रदेश २ मेयर कम एन्फा लिग फुटबल प्रतियोगिताको उपाधिमाथि रौतहटले कब्जा जमाएको छ । चन्द्रपुरस्थित शेरबहादुर दर्लामी खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा रौतहटले महोत्तरीमाथि २–१ को विजय हासिल गर्दै प्रदेश २ मेयर कपमाथि कब्जा जमाएको हो ।

अत्यन्तै रोमांचक खेलमा मध्यान्तरअघि कुनै टिमले गोल गर्न सकेको थिएन । महोत्तरीका अफेन्स कृष्ण राना र खड्का बुढाथोकीको पास तालमेल निकै राम्रो देखिएको थियो । रौतहटका बिक्कि चामलिंग राईले ठूलो डिबक्सबाट गोलका लागि पटक पटक लामो किक प्रहार गरेका थिए ।

महोत्तरीका गोलकिपर अमरसिंह थापाले राईले प्रहार गरेको बल गोल हुनबाट बारबार जोगाएका थिए। रौतहट र महोत्तरीले मध्यान्ह अघि दुई÷दुई वटा फल हान्ने अवसर पायो । तर दुबै टिमबाट गोल हुन सकेन । 

पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद पुरस्कार रहेको मेयर कपको उपाधि रौतहटले जितेपछि द्वितीय स्थानमा पुगेको चित्त बुझाउन बाध्य महोत्तरीले एक लाख रुपैयाँ नगदसहित उपविजेतामा सीमित बन्न पुगेको छ । 

अत्यन्तै प्रतिस्पर्धी खेलमा मध्यान्तरपछिको २३ औ मिनेटमा रौतहटका उज्वल भण्डारीले महोत्तरीका खेलाडीलाई फल गरेपछि दिपेन श्रेष्ठले लामो फ्रिकिक प्रहार गरे । रौतहटका गोल किपर अनिस थापामगरले बलले जाली चुमेको पत्तो पाएनन् । महोत्तरीलाई श्रेष्ठले एकगोलको अग्रता दिलाउन सफल भए । गोल बराबरी गर्न रौतहटलाई निकै चुनौती थियो । 

उसका राम्रा खेलाडी बिबेक चामलींग राई घाइते भए। उनी मैदानबाट बाहिरिए पछि उनको स्थानमा मैदान प्रवेश गरेका अभि प्रहरीले प्रदिप तामांगले दिएको पासको सदुपयोग गर्दै मध्यान्तरपछिको ३३ औ मिनेटमा शानदार गोल गरे। र टिमलाई बराबरीमा पुर्‍याए ।

गोल बराबरी पछि दुबै टिम निकै हौसियो । र खेलको ४३ औ मिनेटमा रौतहटका तर्फबाट धिरोज माझीले थप एक गोल गरे। उनी पनि मध्यान्तरपछि बिपिन श्रेष्ठको बदलामा मैदान प्रवेश गरेका थिए । उनकै गोल मदतले रौतहटले उपाधी हात पारेको हो । 

खेलको म्यान अ फदी म्याच रौतहटका प्रताप तामांग भएका छन्। उनले नगद ५ हजार पाएका छन्। त्यस्तै उत्कृष्ठ गोलकिपरको उपाधी रौतहटकै अनिष थापामगरले पाएका छन् । उनले नगद १० हजार हात पारेका छन् ।

उत्कृष्ठ मिडफिल्डरको उपाधि रौतहटका बिक्कि चामलींग राई, उत्कृष्ठ डिफेन्डर महोत्तरीका दिपेन श्रेष्ठ, उत्कृष्ठ फरवार्ड महोत्तरीका कृष्ण राना भएर जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

खेल अवधिभर उत्कृष्ठ खेल प्रर्दशन गरेको भन्दै रौतहटका टिम क्याप्टेन शिव श्रेष्ठ म्यान अफ दी सिरिज घोषित हुँदै मोटरसाइकल प्रप्त गर्न सफल भएका छन् ।

प्रकाशित : 20 February 2021 11:01 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ