काठमाडौं : जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले अदालतमाथि दबाब दिने प्रधानमन्त्रीलाई सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल टवीटरमार्फत् उनले प्रधानमन्त्री केपी ओलीले शनिबार विराटनगरमा संसद विघटन सदर नभए आन्दोलनको विकल्प छैन भनेर दिएको अभिव्यक्तिको पनि उनले आलोचना गरेका छन् ।
‘देशको प्रमले नै’ कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ,’ उनले भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो ? अदालतमाथिको दबाब पुष्टि भएन र ?’