विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी


काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई वर्षपछि विप्लव नेतृत्वको नेकपालाई राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद बैठकले २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै सरकारसँग वार्तामा बस्न सकारात्मक रहेको बताएका थिए ।

खुला राजनीतिमा आउँछु भनेर वार्ताका लागि तयार भएपछि सरकारले लगाएको प्रतिबन्ध हटाउउन लागेको हो । सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ता गर्न सरकारात्मक रहेको विप्लवले बताएका थिए ।

प्रधानमन्त्री केपी ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेकोमा केही समूहलाई राम्रो नलागेको बताएका थिए । सरकार र विप्लव समूह दुवैले वार्ता टोली पनि घोषणा गर्ने बताइएको छ ।

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको भन्दै २०७५ फागुन २८ गते सो समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : २०७७ फाल्गुन १०, सोमबार १३:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ