काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल नेतृत्वको नेकपा विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमन’लाई जुत्ता हान्ने कार्यक्रम आयोजन गरेको छ ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन् ।
उनीहहरूले नारायणहिटी संग्रालयअघि ‘प्रतिगमन’को प्रतीक बनाइ जुत्ता हान्ने कार्यक्रम गरेका हुन् । कार्यक्रममा विद्यार्थीले सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।