भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीका दुई जना अधिकृतलाई ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई घुससहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालय सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
उनले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै दुवै अधिकृतले सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा गैडहवा ३ बाट नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको बताए ।