भारतमा हात्तीको आक्रमणबाट नेपाली महिलाको मृत्यु


काठमाडौं : भारतको दुधुवा नेशनल पार्कको जंगलमा घाँस-दाउरा काट्न गएकी एक नेपाली महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ की अन्दाजी ५५ वर्षीया धनदेवी थापाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहीबार दिउँसो थापालाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।

‘१०/१२ जनाको समूहमा जंगलमा घाँस-दाउरा काट्न गएका रहेछन्,’ डिएसपी थापाले भने, ‘हात्ती आएको देखेपछि अरु भागे, उहाँ भाग्नसक्नु भएन । त्यहीबेला हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको खबर आएको हो ।’

भारतीय प्रहरीको समन्वयमा थापाको शव नेपाल ल्याइएको र परिवारलाई बुझाइएको डिएसपी थापाले बताए ।

प्रकाशित : २०७७ फाल्गुन १४, शुक्रबार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ