जनकपुरधाम : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपी को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एसपीको सरुवा गरेका हुन् ।
सरुवा हुनेमा गोरखामा शेखर खनाल, महोत्तरीमा दिनेश कुमार आचार्य, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर र बर्दियाको प्रहरी प्रमुुखमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ ।
