पसलबाट अबैध चाँदीका गरगहना बरामद, एकजना पक्राउ


टुडेखोज, पर्सा : वीरगंज महानगरपालिका ९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको विभिन्न प्रकारका चाँदीका गरगहनाहरुसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पसलमै काम गर्ने वीरगंज महानगरपालिका १५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफ छन् । पसलबाट करिब २५ केजी २६४ ग्राम चाँदीका गहना बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका सराफ र पसलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन १६, आईतवार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ