जनकपुरमा क्लिनिकको ब्रह्मलुट, ड्रेसिङ शुल्क १३ हजार !


जनकपुरधाम : जनकपुरधामस्थित एक क्लिनिकले विरामीलाई ठगी गरेको पाइएको छ । जनकपुर मल्टीस्पेस्लिस्टी क्लिनिकले एक विरामीको ड्रेसिङ गरेबापत १३ हजार बढी रुपैया लिएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा खुट्टामा चोट लागेर उपचार गराइसकेका एक व्यक्ति केहि दिनपछि ड्रेसिङ गराउने उक्त क्लिनिकमा पुगेका थिए । डाक्टर गोपाल प्रसाद यादवले संचालन गरेका सो क्लिनिकले ति विरामीसँग १३ हजार २४९ रुपैया लिएको छ । उनलाई क्लिनिकले बिल समेत नक्कली दिएको छ ।

खुट्टामा चोट लागेका विरामीको ड्रेसिङ गर्न १३ हजार लिएको सुन्दा आश्चर्य लागेको एक डाक्टरले बताए । उनले भने, ‘सवारी धनीसँग रकम असुल्न त्यतिधेरै कमको बिल बनाएको हुनसक्छ ।

तर त्यसो गरेको हो भनेपनि क्लिनिकको बदमासी हो ।’ ड्रेसिङ गर्न १३ हजार बढी रुपैया लिनु ब्रह्मलुट हो– ति डाक्टरले भने । यसविषयमा क्लिनिक संचालक डा. यादवसँग सम्पर्क गर्दा हुन सकेन ।

कमिशनको खेलका कारण विरामीलाई जनकपुरका अस्पताल तथा क्लिनिकहरूले लुटिरहँदा पनि नियमनकारी निकाय मौन छ ।

प्रकाशित : २०७७ फाल्गुन १७, सोमबार ०७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ