वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर लागे


काठमाडौं : वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् ।

मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् ।

यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए । उनी हज कमिटीका पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित : 1 March 2021 12:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ