ममाथि शारीरिक हमला हुनसक्छ : प्रम ओली


पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौँठो नमान्न भनेका छन् । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि हमला हुनसक्ने बताउदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । भने, ‘म रहिँन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रकाशित : २०७७ फाल्गुन १७, सोमबार १५:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ