मलाई मधेस पस्न नदिएपनि पानी पसाउँछु : प्रधानमन्त्री ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेशमा प्रवेश गर्न नदिए पनि मधेशका खेतमा सिंचाई पुर्‍याइदिने बताएका छन् ।

बिहीबार सुनकोशी मरिन डाइभर्सन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई मधेशमा पस्न नदिने भन्थे । केपी ओली नपसे पनि पानी चाहिँ पसाइदिन्छ, खेत चाहिँ भिजाइदिन्छ ।’

मधेसका सुख्खा खेतलाई चिसा बनाइदिने उनले प्रतिवद्धता जनाए । उनले आफूलाई मधेशमा पस्न रोके पनि खेतमा पानी पस्न नरोक्न आग्रह गरे ।

उनले भने, ‘म मुख्यमन्त्री ज्यूमार्फत तराईं–मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ । तर पानी पस्न चाहीँ नरोक्नु होला ।’

प्रकाशित : २०७७ फाल्गुन २०, बिहीबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ