काठमाडौं : विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही अनुसार फ्युल सरचार्ज समायोजन गरेको संघको तर्क रहेको छ ।
यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो । निगमले फेरि फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।