मुस्कान खातुनलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए बधाई


जनकपुरधाम : एसिड पिडित मुस्कान खातुनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बधाई दिएका छन् ।

नेपालस्थित अमेरिकन मिसनले खातुनलाई अन्तराष्ट्रिय सहासी महिला पुरस्कार प्रदान गरेको भन्दै मुख्यमन्त्री राउतले बधाई दिएका हुन् । उनले मुस्कानको उत्तरोतर प्रगतीको कामना पनि गरेका छन् ।

पुरस्कार लायक बुझेर प्रदेश २ की छोरीलाई पुरस्कृत गरेकोमा नेपालस्थित अमेरिकी मिसन र अमेरिकी सरकारमा हार्दिक आभार प्रकट गर्दछु- मुख्यमंत्री राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : २०७७ फाल्गुन २३, आईतवार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ