एसिड पीडित जनकपुरकी आरती साहलाई प्रदेश सरकारको सम्मान


जनकपुरधाम : नारी दिवसको अवसरमा प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई सम्मान गरेको छ ।

प्रदेश सरकारले नारी दिवसको अवसरमा मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको जागिर समेत दिने घोषणा गरेको छ ।

उक्त समारोहमा मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत १५ सय १४ छात्रालाई साइकल वितरण गरिएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २४, सोमबार १६:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ