जसपाको निर्णय : रेशम चौधरीको रिहाइ गर्नेलाई मात्र समर्थन


काठमाडौं : जनता समाजवादी पार्टीले कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशम चौधरीको रिहाइलगाएतका मुद्दा सम्बोधन गर्ने पक्षलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको जसपाको संसदीय दल बैठकले उधारोमा नभइ हाताहाती रुपमा जस्ले आफूहरुको माग सम्बोधन गर्न गर्छ, उसैलाई नै समर्थन गर्ने निर्णय गरेको हो । पटक-पटक आश्वासन दिएपनि माग सम्बोधन नभएकाले आफूहरुको मागलाई प्राथमिकतामा राखेर अघि बढ्ने जसपाको निष्कर्ष छ ।

त्यस्तै जसपाले सरकार र माओवादीसंग छलफल गर्नका लागि वार्ता टोलीलाई पूर्णता दिने नेता राजेन्द्र महत्तोले बताए । उनले सरकारमा जाने प्रस्ताव अहिलेसम्म नआएको बताए । माग सम्बोधन नभएसम्म कसैसँग सम्झौता र सहकार्य नहुने बताए ।

संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ आफ्नो पार्टीका सर्त रहेको उनले बताए । संघीय समाजवादी र जनता समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी बनेपछि पहिलोपटक संसदीय दलको बैठक बसेको हो ।

प्रकाशित : २०७७ फाल्गुन २५, मंगलवार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ