जनकपुरधाम : जनकपुरको रामजानकी अस्पताल प्रालिले एक गरिब बच्चाको निःशुल्क उपचार गरेको छ । विदेह नगरपालिका ३ का बजरंगी ठाकुरका १ वर्षीय छोरा भरोसी ठाकुरको अस्पतालले निःशुल्क उपचार गरेको हो ।
ज्वरो र रुघाखोकी लाग्नुका साथै सास फेर्न समेत समस्या भएपछि ति बालकलाई अभिभावकले फागुन २० गते अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा उनको सफल उपचार भएको छ । तर उपचार खर्च तिर्न सक्ने उनको हैसियत थिए ।
अस्पतालले उनी अति गरिब भएको थाहा पाएपछि शुल्क नलिने निर्णयमा पुगेको छ । अस्पतालका सञ्चालक विकाशचन्द्र गुप्ताले भने, ‘आइसियुमा राखेर बच्चाको उपचार गर्यौं । तर पछि थाहा पाए कि उनी अति गरिब रहेछ । त्यसपछि अस्पतालमा भएको उपचार शुल्क नदिने निर्णयमा पुगेका छौं ।’
छोराको निःशुल्क उपचार भएपछि बजरंगीले अस्पताल परिवारलाई धन्यवाद दिएका छन् । उपचाररत ठाकुरलाई आज वा भोली डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।