जनकपुरधाम : जनता समाजवादी पार्टीका बरिष्ट नेता राजेन्द्र महतोले अब उधारो सम्झौता नगर्ने बताएका छन् ।
प्रतनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग प्रतिनिक्रिया दिँदै भने, ‘विगतमा त केपी ओलीलाई समर्थन दिएकै थियौं । तर केपी ओलीले ठग्ने काम मात्र गरे, अब धोकाधरी चल्दैन ।’
रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन लगायतका माग पुरा नगरेसम्म सरकारलाई सहयोग नगर्ने उनले स्पष्ट पारे । वार्ताका लागि कार्यदल गठन भएको भन्दै उनले माग पुरा नभएसम्म कसैलाई समर्थन नगर्ने बताए ।
सञ्चारकर्मीको जिज्ञासामा उनले सरकारको नेतृत्वको दावी गर्ने हैसियत अहिले नभएको बताए । उनले हैसियत भएपछि सरकारको नेतृत्वको पनि दावी गर्ने बताए ।