प्रदेश २ का प्रमुख झाले फिर्ता गरे दुई विधेयक


जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले प्रमाणीकरणका लागि लगिएका दुई विधेयक फिर्ता पठाएका छन् ।

प्रमाणीकरणका लागि पठाइएका स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धी विधेयक दुवै विधेयक झाले लिखित रायसहित प्रदेशसभामा फिर्ता पठाएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले प्रदेश प्रमुखले सुझावसहित दुई विधेयक फिर्ता पठाएको बताए । उनले भने, ‘सुझाव के दिनुभएको छ भन्न कुरा म आफैंले हेरेको छैन । प्रदेशसभामा प्रस्तुत भएपछि मात्र सार्वजनिक गर्न मिल्छ ।’

यता, सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखले आफ्नो सुझाव दिन सक्ने तर सुझाव समेट्नै पर्छ भन्ने नभएको बताए ।

प्रकाशित : २०७७ फाल्गुन २६, बुधबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ