काठमाडौं : भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफूमाथि अज्ञात समूहले धक्का दिएर आक्रमण गरेको बताएका छन् ।
बुधबार नन्दीग्राममा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नु भएको उहाँले भिडको मौका छोपी चार पाँच जनाको समूहले आफूलाई धक्का दिएको जानकारी सञ्चारमाध्यमलाई दिएका हुन् ।
आक्रमणबाट मुख्यमन्त्रीको खुट्टामा चोट लागेको र अहिले उपचारका लागि कोलकता पुगेएका भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनकोे खुट्टामा चोट लागेको बताइएको छ ।
मुख्यमन्त्रीलाई कारतिर जोडले धक्का दिएर कारको ढोका तत्काल बन्द गर्न खोज्दा उनको खुट्टामा चोट पुगेका हो । आफ्नो वरपर कोही सुरक्षाकर्मी नभएको मौका छोपी आक्रमण भएको उनकोे भनाई थियो ।