झा दम्पतीको अपहरण : अवस्था पत्ता लगाउन माग गर्दै जनकपुरमा प्रदर्शन


सन्तोष यादव, जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकाबाट अपरित मोसाफिर झा र उनका पत्नी गीतादेवीको अवस्था सार्वजनिकको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ ।

फागुन १० गते राति पिपरा गाउँपालिका ५ का ६५ वर्षी झा र उनी पत्नी ६० वर्षीया गीतादेवीलाई अज्ञात समूहले अपहरण गरेको थियो। उनीहरुको अवस्था अझै अज्ञात छ ।

प्रहरी अपहरणकारी पत्ता लगाउन नसकेको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधि र आफन्तले प्रदर्शन गरेका हुन् ।

जनकपुरको जिरोमाइल क्षेत्रमा सडकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । प्रहरीको फितलो अनुसन्धानका अपहरणकारी पत्ता लाग्न नसकेको उनीहरुको आरोप छ ।

यसअघि झाका आफन्तले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिएका थिए ।

अपहरित झा मालपोतका पूर्वकर्मचारी छन् । उनी जग्गासम्बन्धी विवादमा अदालतमा साक्षी बसेका थिए । तर साक्षी बयान दिन अदालत जानुभन्दा एकदिन अगावै पत्नीसहित उनको अपहरण भयो ।

अदालतमा साक्षी बसेकै कारण झा दम्पतीको अपहरण भएको स्थानीय बताउँछन् । प्रहरी यसकै आधारमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिसकेको छ । तर उनीहरुको संलग्नता नदेखिएपछि प्रहरीले छाडिसकेको छ ।

यस्तै महोत्तरी प्रहरीले चार जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७७ फाल्गुन २९, शनिबार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ