लहान मालपोतमा विस्फोट : घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो


जनकपुरधाम : सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा घाइतेमध्ये गम्भीर एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत केही बेरअघि काठमाडौं पठाइएको छ ।

कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।

संघीय सरकारका कानूनमन्त्री लिलानाथ श्रेष्ठले आफैले पहल गरी हेलिकप्टर मगाएका थिए । उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घाईतेहरुको उपचारमा कुनै समस्या नहुने पनि बताएका छन् ।

६ जना अन्य घाइतेको लहानमै उपचार भइरहेको छ ।

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । तर, कसैले पनि अहिलेसम्म औपचारिक जिम्मा भने लिएको छैन ।

प्रकाशित : २०७७ चैत्र १, आईतवार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ