जनकपुरधाम : धनुषा जिल्लाको शहीदनगर नगरपालिकामा मुश्लिम समुदायको कब्रगाहको निर्माण हुने भएको छ ।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको १० लाख लागतमा त्यहाँ कब्रगाह निर्माण गरिने भएको हो ।
यस कार्य स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको १० लाख रकमले शहीदनगर नगरपालिकाको वडा नम्बर २ डरखोरिया टोलमा कब्रगाहको माटो भर्ने कार्य र बाउण्ड्री वाल निर्माण गरिने मुस्लिम धर्मगुरु मौलाना माहम्द अली बक्ताले जानकारी दिए ।
आईतबार कब्रगाह निर्माण कार्यको शिलान्यास गरिएको छ । मौलानासहितकाले कब्रगाहको शिलान्यास गरेका हुन्। त्यस अवसरमा इद्रीस कबारी, मोहम्द नसारुल, अलीमन कबारी, संजीब रान यादव, अमीन नदाफ, सहमद नदाफसहितको उपस्थिति रहेको थियो ।