जनकपुरधाम : सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका १८ भदैयाका बलराम मण्डल रहेका छन् ।
सशस्त्र प्रहरीले उनलाई मालपोत कार्यालयको सिसि क्यामेरा फुटेको आधारमा पक्राउ गरिएको बताइएको छ । सशस्त्रले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
बम विस्फोटमा परी मालपोतकै एक कर्मचारी, एक लेखापढी व्यवसायी र ६ सेवाग्राही घाइते भएका छन् । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको थियो ।