महिलालाई काटेर बोरामा फालिएको अवस्थामा शव भेटियो


काठमाडौं : काठमाडौँको बल्खुमा एक महिलाको शव भेटिएको छ । स्थानीय ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरि काटेर बोरामा हालेर फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव सुकुम्बासी बस्तीमा सोमबार बेलुका बोरामा हालेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बोराबाट रगत बग्दै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बोरा खोलेर हेर्दा काटिएको अवस्थामा सन्तोषीको शव भेटिएको हो ।

उनका श्रीमान सन्तोष सापकोटा भने फरार छन् । उनीहरुको घरमा रगत भेटिएकाले सन्तोषीको हत्या उनकै श्रीमान सन्तोषले गरेको आशंका प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको र फरार सन्तोषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 March 2021 3:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ