टेम्पोबाट लागुऔषध बरामद, राय पक्राउ


जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय सर्लाहीले टेम्पोबाट विभिन्न किसिमका लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ८ बाट विशेष सुराकीको आधारमा ज.१ ह. २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागुऔषध बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

टेम्पोको पछाडि यात्रु बस्ने सिटमुनि प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक ९१ थान, फेनारगन ९३ थान, डाइक्सेपाम ८८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ टेम्पोबाट लागूऔषध बरामद भएपछि त्यसका चालक मलगंवा ९ बस्ने ३५ वर्षीय दुखा रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : 18 March 2021 9:19 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ