जनकपुर : परीक्षामा चोर्न चिट बनाउने पाँच व्यवसायी पक्राउ


सिबेन्द्र रोहिता, जनकपुरधाम : परीक्षामा चोर्न चिट बनाउने पाँच व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरको भैरब चोकबाट उनीहरुलाई पक्राउ गरेपनि प्रहरीले पहिचान गोप्य राखेको हो ।

पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । फोटोकाँपी गरेर परीक्षार्थी विद्यार्थीका लागि चिट तयार पार्नेहरुलाई अनुगमनको क्रममा पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान भइरहेको र कानून बमोजिम कारबाही गरिने उनको भनाई छ ।

प्रकाशित : २०७७ चैत्र ६, शुक्रबार १२:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ