शहिदनगरमा मनाइयो रोहिताको १३ औं स्मृति दिवस


जनकपुरधाम : प्रहरीसँगको भिडन्तमा सहादत प्राप्त गरेका प्रदिप रोहिता ‘स्टील बडी’को १३ औं स्मृति दिवस मनाइएको छ ।

स्थानीय युवाहरुले धनुषाको शहिदनगर नगरपालिका ८ विसरभोरामा सोमवार रोहिताको समृति दिवस मनाएको हो । स्थानीय उपेन्द्र रोहिता, चन्देश्वर ठाकुर, श्रीप्रसाद बिराजी, शम्भु कुसियैतलगायतका युवाहरुले स्मृति दिवस मनाएका हुन् ।

मधेस र मधेसी जनताको अधिकारका लागि लड्दा लड्दै शहिद भएका रोहिताको सम्झनामा स्थानीय युवाहरु हरेकवर्ष स्मृति दिवस मनाउँदै आएका छन् ।

धनुषाकै पोशवलपुरको रतनपुरमा २०६४ चैत ९ गते अर्थात आजकै दिन प्रहरीसँगको भीडन्तमा गोली लागेर यादव सहादत प्राप्त गरेका थिए ।

प्रकाशित : २०७७ चैत्र ९, सोमबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ