टुडेखोज,जनकपुरधाम : जनकपुरको मालपोत कार्यालय अगाडीबाट मोटरसाइकल चोरी भएको छ । पार्किङ गरेर राखेको अवस्थामा ज ३ प १८४७ नम्बरको मोटरसाइकल सोमवार दिउँसो चोरी भएको हो ।
कार्यालयमा काम गराएर फर्किएपछि मोटरसाइकल चोरी भइसकेको थियो– पीडित धनुषाको कमला नगरपालिका ८ टेरहाका सन्तोष कुमार यादवले भने । उनले मोटरसाइकल चोरी भएलगत्तै प्रहरीमा खबर गरेपनि हालसम्म फेला पर्न नसकेको बताए ।
पछिल्लो समय जनकपुरमा मोटरसाइकल चोरी हुनेक्रम बढेको छ । चोरी भएका अधिकांश मोटरसाइकल प्रहरीले फेला पार्न सकेका छैन् ।