काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा० का नेताहरुबीचको छलफल निष्कर्षविनै टुंगिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भएको प्रधानमन्त्री ओली र जसपा नेताहरुसँगको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी एक नेताले बताए । ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन’ एक नेताले बताए ।
आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका थिए भने जसपा नेताहरुले आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहो-याएका थिए ।