जनकपुर : प्रहरी जवान सुरेन्द्र रामलाई ‘उत्कृष्ट प्रहरी’को सम्मान


जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले जवान सुरेन्द्र रामलाई फागुन महिनाको उत्कृष्ट प्रहरी चयन गरेको छ ।

सीमा चौकी कटिकटैया महोत्तरी दरबन्दी भएपनि राम हाल धनुषामा कार्यरत छन् । उनी बिभिन्न समयमा लागूऔषध, बिभिन्न मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेकाले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

यसका साथै उनले गत माघ ६ गते लक्ष्मिनियाँ गाउँपालिका १ बस्ने विवेक यादवलाई २ थान कटुवा पेस्तोलसहित पक्राउ गरेका थिए ।

उच्च जोखिमपूर्ण तथा साहसी रुपले आफ्नो पदीय दायित्व निर्वाह गरेकाले प्रहरी जवान रामलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रकाशित : २०७७ चैत्र ११, बुधबार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ