गाँजासहित पर्साबाट एक जना पक्राउ


काठमाडौं : प्रहरीले पर्साबाट साढे २६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । परेर्वासुनौली गाउँपालिका २ अखवाका रामेश्वर पञ्जियारलाई बुधबार अपराह्न पक्राउ गरेको हो ।

घरमा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा र गाँजा च्याप्ने मेसिनसहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए । पक्राउ परेका पञ्जियारलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित : 1 April 2021 12:36 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !