जनमत पार्टीको अध्यक्ष राउत नै बन्ने पक्का, महाधिवेशन औपचारिकता मात्र


जनकपुरधाम : जनमत पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट पनि डा. सीके राउत नै राष्ट्रिय अध्यक्ष बन्ने पक्का भएको छ ।

सो पार्टीले यही चैत २८ गते जनकपुरस्थित बारहविघा मैदानमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको हो । महाधिवेशनको तालिका अनुसार अध्यक्ष पदका लागि डा. राउत मात्र उम्मेदवारी दिएका छन् । अन्य कुनै नेताको उम्मेदवारी नपरेकाले उनी नै अध्यक्ष बन्ने पक्का भएको छ ।

राष्ट्रिय महाधिवेशन भने औपचारिकताका लागि मात्र गरिदैछ । पार्टीका अध्यक्ष बाहेकका पदाधिकारीमा भने प्रतिस्पर्धा हुने बताइएको छ । महाधिवेशनको तयारी तीब्र पारिएको छ । बिहीवारदेखि महाधिवेशन हुने स्थल बारहविघामा टेन्ट लगाउन सुरु गरिएको छ ।

महाधिवेशनमा ५ हजार प्रतिनिधि र करिब २५ हजार स्वयंमसेवक परिचालन हुने सो पार्टीले जनाएको छ । सहभागी हुने स्वयंमसेवकले १ सय रुपैया सहयोग गर्नुपर्ने सो पार्टीले निर्णय गरेको छ ।

प्रकाशित : २०७७ चैत्र १९, बिहीबार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ