चुरे-तराई मधेश संरक्षण समितिको अध्यक्षमा पौडेल नियुक्त


काठमाडौं : राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले वन क्षेत्रका विज्ञ पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।

प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार १२:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ