जनकपुरमा एम्बुलेन्सको ठक्करबाट झाको ज्यान गयो


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका २३ मा एम्बुलेन्सको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री स्थानीय २४ वर्षीय बसन्त कुमार झाको ज्यान गएको हो । घाईते झाको जनकपुरस्थित एक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७७ चैत्र २१, शनिबार १०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ