भारतमा एकैदिन भेटिए एक लाख बढी कोरोना संक्रमित, ४७८ जनाको मृत्यू


भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ । बितेको चौबिस घण्टामा मात्रै भारतमा एक लाख भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार चौबिस घण्टामा १ लाख ३ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा कोरोना संक्रमणका कारण भारतभर ४७८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक करोड २८ लाख ८९ हजार भन्दा धेरै पुगेको छ भने १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : २०७७ चैत्र २३, सोमबार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ