गोलबजारमा शुक्रवार माधव नेपाल समूहको यूवा भेला


जयनाथ यादव, लहान : नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपाल समूहले शुक्रवार सिरहाको गोलबजारमा यूवा भेलाको आयोजना गरेको छ ।

गोलबाजारको पञ्चयुग पार्टी प्यालेशमा विहान ११ बजेदेखि भेलाको आयोजना यूवा संघ नेपालले गरेको हो । देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलन पूनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै यूवा भेला आयोजना गर्न लागेको संघले जनाएको छ ।

अहिलेको अवस्थामा संघलाई पुर्नगठन र सुदृढिकरण गर्नुपर्ने अवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको जिल्ला कार्यकर्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक राजेश यादवले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

उक्त भेलामा जिल्ला कमिटी पदाअधिकारी तथा सदस्य क्षेत्र कमिटी पदाधिकारी तथा तथा नगर कमिटी पदाअधिकारी र सदस्यहरुको सहभागिता रहनेछ । सो भेलाको उद्घाटन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश साहीले गर्ने बताइएको छ ।

भेलाले संगठनका आगमी कार्यदिशा तय गरिने संयोजक यादवले जानकारी दिए । उनले भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग पुर्याउन अपिल समेत गरेका छन् ।

प्रकाशित : २०७७ चैत्र २६, बिहीबार २०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ