जनकपुरधाम । जनमत पार्टीको आज प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरको बारह्विघा मैदानमा सुरु हुँदैछ । ‘जनमत दें, अधिकार लें’ नाराका साथ सो पार्टीले ठूलो तामझामका साथ महाधिवेशन गर्न लागेको हो ।
बारह्विघा मैदानमा महाधिवेशनका लागि विशाल पण्डाल निर्माण गरिएको छ । अहिले जिल्ला जिल्लाबाट नेता कार्यकर्ता आउनेक्रम जारी छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक र ५ हजार प्रतिनिधि सहभागी हुने बताइएको छ ।
महाधिवेशनको उद्घाटन सत्र १० बजेदेखि सुरु हुने भनिएको थियो । तर केहि ढिलो हुने एक नेताले बताए । अध्यक्ष डा. सीके राउतसहितका नेता महाधिवेशन स्थल पुगिसकेका छन् ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भनिएपनि अध्यक्ष पदका लागि डा. राउतको उम्मेदवारी मात्र परेकाले उनी नै चयन हुनेछ ।