जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
काठमाडौंबाट केहिबेर अगाडी जनकपुर विमानस्थल आएका अध्यक्ष ठाकुरलाई प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
मन्त्री सोनलले नयाँ वर्षको अवसरमा मधेस भवनमै दिउँसो १ बजे राखेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुर आएको बताइएको छ ।
यस्तै जसपाका बरिष्ट नेता राजेन्द्र महतो पनि जनकपुरधाम आउन लागेका छन् । उनी १२ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम आउने एक नेताले जानकारी दिए । उनी पनि शुभकामना आदान प्रदान समारोहमा सहभागी हुनेछन् ।
