जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सर्तकता तथा सावधानी अपनाउन व्यवसायीहरुसँग अनुरोध गरेको छ ।
संघका महासचिव मनोज कुमार साहले आईतवार प्रेस विज्ञप्ती जारी गरेर कोरोनाबाट जोगिन सतर्कता तथा सावधानी अपनाई आ–आफ्नो उद्योग र व्यापार संचालन गर्न अनुरोध गरेका हुन् । समय समयमा हात धुन, अनिवार्य रुपमा आफू पनि र ग्राहकलाई पनि माक्स प्रयोग गर्न लगाउन, सेनिटाइजरको प्रयोग गर्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
यस्तै भौतिक दुरी कायम गर्न, भिडभाड, मेला, हाटबजारमा नजान र पसलमा पनि सामाजिक दुरी कायम राख्न लगाउन पनि विज्ञप्तीमा भनिएको छ । पछिल्लो समय पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समाजमा त्रास फैलिएको छ ।