टुडेखोज, काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ ।
गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन् ।
लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएर उपचार गराईरहेका छन् ।